Kathmandu Press

प्रतिपक्षी दल कांग्रेसको पदाधिकारीको बैठक आज बस्ने 

काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे...
प्रतिपक्षी दल कांग्रेसको पदाधिकारीको बैठक आज बस्ने 

काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।

मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले आज १ बजे पदाधिकारीको बैठक बोलाएको हो ।

पार्टीं सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकले सरकारले संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेको बिषयमा छलफल हुनेछ ।

अध्यादेश जारी गरेपछि अध्यादेश जारी गर्नु अलोकतान्त्रिक क्रियाकलापको खिलाफमा रहेको भन्दै तत्काल फिर्ता लिन काँग्रेसले सरकारलाई आग्रह गरेको छ। 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्