Kathmandu Press

पुटिनले दिए बाइडनलाई बधाई, सहकार्य गर्न तयार रहेको पुटिनको भनाई

एजेन्सी, पुस १ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडनलाई बधाई दिएका छन् ।विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका...
पुटिनले दिए बाइडनलाई बधाई, सहकार्य गर्न तयार रहेको पुटिनको भनाई

एजेन्सी, पुस १ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडनलाई बधाई दिएका छन् ।

विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताए । राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताएका छन् ।

Hardik ivf

राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ । विश्वका प्रमुख नेताहरुमध्ये रुसी राष्ट्रपति अन्तिमतिर जो बाइडेनलाई बधाई दिने विश्व नेता हुन् । सोमबार मात्र अमेरिकी इलेक्टोरल कलेजले बाइडनको जितलाई सुनिश्चित गर्नेगरी औपचारिक रुपमा मतदान गरेको थियो ।

तर अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनले रुस विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा पनि कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । चुनावी अभियानका क्रममा बाइडनले पुटिन समेतका विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताउँदै आएका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप छ जसले ट्रम्पलाई विजयी हुन मद्दत गरेको थियो । यसैबीच, अमेरिकी इलेक्टोरल कलेजको मतदानबाट राष्ट्रपति–निर्वाचित जो बाइडन विजयी भएका हुन् ।

बाइडेनले ३०६ तथा राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गरे । यो मतदानसँगै अमेरिकी राष्ट्रपतिमा जो बाइडनको जित सुनिश्चित भएको छ ।  इलेक्टोरल मतबाट निर्वाचित भएसँगै बाइडनले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको अभिमतलाई उपेक्षा गरेकामा आपत्ति जनाएका छन् । 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्