Kathmandu Press

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार साँझ संवैधानिक परिषद् बैठक सकिए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई...
राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। 

प्रधानमन्त्री ओली मंगलबार साँझ संवैधानिक परिषद् बैठक सकिए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको शीतलनिवास स्रोतले जनाएको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले  संवैधानिक परिषद् अध्यादेश मंगलबार दिउँसो जारी गरेकी थिइन्। अध्यादेश जारी भएपछि सरकार र राष्ट्रपति भण्डारीको चौतर्फी आलोचना भइरहेको छ। 

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका वरिष्ठ नेताहरुले तत्काल अध्यादेश खारेज गर्न माग गरेका छन् भने प्रतिपक्षी दलहरुले पनि अध्यादेश फिर्ता लिन माग गरेका छन्। 

तर, अध्यादेश जारी भएलगत्तै मंगलबार साँझ प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमै संवैधानिक परिषद्को बैठक बसेको थियो। 

प्रकाशित मिति: ०१:४४ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्