ओली सरकारको सर्वसत्तावादी चरित्र नांगियो : महामन्त्री कोइराला
काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सर्वसत्तावादी चरित्र नांगिएको बताएका छन्। महामन्त्री कोइरालाले हतारमा...
काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सर्वसत्तावादी चरित्र नांगिएको बताएका छन्।
महामन्त्री कोइरालाले हतारमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुले ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको बताएका हुन्। कोइरालाले भनेका छन्,‘संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउनका लागि राष्ट्रपतिलाई समेत राजनीतिक रुपमा प्रभावित पारेर यसरी हतारमा अध्यादेश जारी गर्नुले ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको छ।’
कोइरालाले अध्यादेश जारी गरेर सरकारले सिंगो संसद्को अपमान गरेको बताएका छन्। लोकतन्त्रका लागि सरकारको यो कदम खतरनाक संकेत भएको बताउँदै कोइरालाले अध्यादेश फिर्ता लिएर तत्काल संसद बोलाउन माग गरेका छन्।
संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउनका लागि राष्ट्रपतिलाई समेत राजनीतिक रुपमा प्रभावित पारेर यसरी हतारमा...
Posted by Dr Shashank Koirala on Tuesday, December 15, 2020











