Kathmandu Press

प्रतिपक्षी दलका नेता र सभामुखविनै बस्यो संवैधानिक परिषद् बैठक

प्रतिपक्षी दलका नेता र सभामुखविनै बस्यो संवैधानिक परिषद् बैठक

काठमाडौं, मंसिर ३० : संवैधानिक परिषद्को बैठक सुरु भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभागी छन्। 

तर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित छन्।  सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफू बैठकमा उपस्थित नहुने जानकारी प्रधानमन्त्री ओलीलाई दिएका थिए। 

प्रकाशित मिति: २३:५२ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्