देउवाले भने, ‘अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम’
उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ ।
काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले जारी गरेको संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको मर्म विपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आध्यादेश जारी गरेपछि सामाजिक संजाल ट्विटरमा देउवाले संवैधानिक निकायहरुको स्वतन्त्रता र तटस्थता विपरीतको उक्त अध्यादेश फिर्ता गर्न माग गरेका हुन्।
देउवाले ट्विटमा भनेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रष्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ।’
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ l यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ l
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 15, 2020
यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !











