Kathmandu Press

अध्यादेशले सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढेको पुष्टि गर्‍यो : रामचन्द्र पौडेल

काठमाडौं, मंसिर ३० : प्रमुख प्रतिपक्षी दल नेपाली वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार...
अध्यादेशले सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढेको पुष्टि गर्‍यो : रामचन्द्र पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल।

काठमाडौं, मंसिर ३० : प्रमुख प्रतिपक्षी दल नेपाली वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको पुष्टि गरेको बताएका छन्।

वरिष्ठ नेता पौडेलले संबैधानिक परिषद्‍को मुल मर्म विपरीत संवैधानिक निकायमा आफ्ना अनुकूलका मानिस भर्ति गर्ने कुत्सित नियतका साथ अध्यादेश आएको समेत टिप्पणी गरेका छन्।

उनले निकट भविश्यमा सुरु हुन लागेको संसद अधिवेशनलाई छल्न हतारमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको पुष्टि भएको बताए। उनले तुरुन्त संसदको बैठक बोलाएर अध्यादेश खारेज गर्न आह्वान समेत गरेका छन्।

यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। 
 

प्रकाशित मिति: २२:३८ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्