संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन जनार्दन शर्माको माग
काठमाडौं, मंसिर ३० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग...
काठमाडौं, मंसिर ३० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतास मनस्थितिबाट मुक्त हुन र अध्यादेश फिर्ता लिन माग गरेका हुन्। शर्माले छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटोबाहेक केही हुन नसक्ने बताएका छन्।
‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटोबाहेक केही हुन सक्दैन। हतास मनस्थितिबाट मुक्त होऔँ ! अध्यादेश फिर्ता गर,’ उनले फेसबुकमा लेखेका छन्।
प्रकाशित मिति: २१:४९ बजे, मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











