Kathmandu Press

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रचण्डको माग

स्थायी कमिटी बैठक चलिरहेको समयमा पार्टीभित्र सल्लाह नगरी अध्यादेश ल्याएको भन्दै उनले खारेजीकाे माग गरेका हुन्।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रचण्डको माग

काठमाडौं, मंसिर ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन्। स्थायी कमिटी बैठक चलिरहेको समयमा पार्टीभित्र सल्लाह नगरी अध्यादेश ल्याएको भन्दै उनले खारेजीकाे माग गरेका हुन्।

मंगलबार राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन्। उक्त अध्यादेशमा परिषदको बैठकका लागि बहुमत सदस्य उपस्थित भएपछि बैठक बस्न सकिने गरी संशोधन गरिएको छ। 

संशोधनसँगै अब परिषदको बैठक, सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभए पनि बस्नेछ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदको बैठकको सदस्यका रुपमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ।

मंगलबार बिहान प्रधानमन्त्रीले आव्हान गरेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा सहभागि नभएपछि बैठक बस्न सकेको थिएन। 

अर्को बैठक आजै साँझ ५ बजेलाई डाकिएको छ।

प्रकाशित मिति: २१:०४ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्