Kathmandu Press

उखु किसानको रकम नतिर्ने उद्योगीलाई पक्राउ गर्ने गृहको निर्णय

काठमाडौं, मंसिर ३० : सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ।मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा...
उखु किसानको रकम नतिर्ने उद्योगीलाई पक्राउ गर्ने गृहको निर्णय

काठमाडौं, मंसिर ३० : सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले किसानको रकम नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो।, 

बैठकमा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजीको पनि सहभागिता रहेको थियो।

चिनी उद्योगीले तोकेको समयमा किसानको रकम चुक्ता नगरेपछि आइतबारदेखि माइतीघरमा किसानहरु आन्दोलनरत छन्।

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्