Kathmandu Press

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

काठमाडौं, मंसिर ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन्।राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उनले काम, कर्तव्य, अधिकार...
राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

काठमाडौं, मंसिर ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उनले काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि अध्यादेश जारी गरेकी हुन्। 

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।

संवैधानिक परिषद् बैठकको लागि ५ जना सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेकोछ। उपसभामुख पद रिक्त रहेको र सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुन्। अध्यादेशमा के छ भन्ने विषय सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्