Kathmandu Press

प्रधानमन्त्रीले मागे प्रमुख सचेतक गुरुङको राजीनामा

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन्।...
प्रधानमन्त्रीले मागे प्रमुख सचेतक गुरुङको राजीनामा

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन्। दलका नेतालेनै आफूविरुद्धको गतिविधि गर्दै हिँडेको भन्दै उनले गुरुङको राजीनामा माग गरेका हुन्।

नेकपा संसदीय दलका नेतासमेत रहेका ओलीले मंसिर २८ गते बसेको स्थायी कमिटीको बैठकपछि गुरुङलाई बोलाएर प्रमुख सचेतकबाट राजीनमा माग गरेका हुन्।

जवाफमा गुरुङले 'यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने' भनेर प्रतिप्रश्न गरेका थिए।

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्