Kathmandu Press

भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर, मंसिर ३० : कोरोना भाइरसको संक्रमणबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ।स्वास्थ्य कार्यालय, भक्तपुरका अनुसार भक्तपुर नगरपालिकाका एक जना संक्रमितको मृत्यु भएको...
भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर, मंसिर ३० : कोरोना भाइरसको संक्रमणबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय, भक्तपुरका अनुसार भक्तपुर नगरपालिकाका एक जना संक्रमितको मृत्यु भएको हो। योसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय १६ पुगेको छ।

अहिलेसम्म मृत्यु भएकामध्ये ७३ पुरुष र ४३ महिला रहेका छन्। सबैभन्दा बढी भक्तपुर नगरपालिकाका ४३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यस्तै, मध्यपुर थिमिका ३९, सूर्यविनायकका २६ र चाँगुनारायण नगरपालिकाका आठ जनाको कोरोनाबाट मृत्यु भएको छ।

अहिलेसम्म संक्रमितको संख्या आठा हजार सात सय ५७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या पाँच सय ८४ रहेको छ।

 

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्