Kathmandu Press

बिग बासका लागि सन्दीप अस्ट्रेलिया प्रस्थान

काठमाडौं, मंसिर ३० : बिग ब्यास लिग (बीबीएल)  प्रतियोगितामा सहभागी हुन नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन्।उनले सामाजिक सञ्जालमार्फत आफू...
बिग बासका लागि सन्दीप अस्ट्रेलिया प्रस्थान

काठमाडौं, मंसिर ३० : बिग ब्यास लिग (बीबीएल)  प्रतियोगितामा सहभागी हुन नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफू अस्ट्रेलियातर्फ लागेको जानकारी दिएका छन्। सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तस्बिर

पनि पोस्ट गरेका छन्।
अस्ट्रेलियामा बीबीएल जारी रहेको छ। उनी होबर्ट हरिक्यानसँग आबद्ध भएका छन्। यसअघि उनले मेलबर्न स्टार्सबाट खेलेका थिए।

उनलाई केही दिन अघि कोरोना संक्रमण देखिएको थियो। संक्रमणबाट निको भएपछि त्यसतर्फ लागेका हुन्।

त्यहाँ उनले दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ। त्यतिन्जेल सात खेल्न गुमाउनुपर्नेछ।

 

 

प्रकाशित मिति: १७:५६ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्