Kathmandu Press

सभामुख अनुपस्थित हुँदा संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं, मंसिर ३० : सभामुख अग्तिप्रसाद सापकोटा अनुपस्थित हुँदा आज बिहान बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ। अर्को बैठक आजै साँझ ५...
सभामुख अनुपस्थित हुँदा संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं, मंसिर ३० : सभामुख अग्तिप्रसाद सापकोटा अनुपस्थित हुँदा आज बिहान बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ। अर्को बैठक आजै साँझ ५ बजे बोलाइएको छ।

प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक आयोगमा नियुक्तिका लागि आज बिहान बैठक बोलाएका थिए। बैठकमा सभामुख सापकोटा अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो।

आज बिहान बैठकका लागि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बालुवाटार पुगेका थिए। प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य सदस्य हुने व्यवस्था छ।

६ सदस्यीय परिषद्मा बैठकका लागि पाँच जना उपस्थित हुनुपर्छ। उपसभामुख नभएकाले एक जना पनि अनुपस्थित हुँदा गणपुरक संख्या पुग्दैन।

आइतबार बोलाएको बैठकमा पनि गणपुरक संख्या नपुग्दा स्थगित भएको थियो। आइतबारको बैठकमा देउवा र सापकोटा अनुपस्थित रहेका थिए।

लामो समयदेखि संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन सकेको छैन। अहिले विभिन्न निकायमा ४५ पद नियुक्ति हुन सकेको छैन।

 

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्