संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा अनुपस्थित
काठमाडौं, मंसिर ३० : सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित रहेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित...
काठमाडौं, मंसिर ३० : सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित रहेका हुन्। अन्य सबै सदस्य आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकको कोरम पुग्न सबै सदस्य उपस्थित हुनुपर्छ। उपसभामुख नभएकाले एक जना सदस्य पनि अनुपस्थित रहँदा कोरम पुग्दैन। कोरम नपुग्दा संवैधानिक परिषद्को बैठक स्वतः स्थगित हुन्छ।
नेकपाको विवादका कारण सभापति सापकोटा बैठकमा अनुपस्थित रहेको जनाएको छ। तर, सभामुख सापकोटाको सचिवालयले भने गृहकार्य नपुगेकाले अनुपस्थित रहेको जनाएको छ।
यस अघि आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित रहेका थिए। उनी अनुपस्थित रहँदा बैठक स्थगित भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले आज बैठक बोलाएका थिए।
आजको बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना उपस्थित रहेका छन्।











