Kathmandu Press

उपसभामुख चयन नहुँदासम्म देउवाले संवैधानिक परिषद् बैठकमा जानु हुँदैन : गगन थापा

धनगढी, मंसिर ३० : कांग्रेस केन्द्रीय सदस्य गगन थापाले उपसभामुख चयन नहुँदासम्म संवैधानिक परिषद्को बैठकमा पार्टी सभापति शेरबहादुर देउवा जान नहुने बताएका छन्।आज...
उपसभामुख चयन नहुँदासम्म देउवाले संवैधानिक परिषद् बैठकमा जानु हुँदैन : गगन थापा

धनगढी, मंसिर ३० : कांग्रेस केन्द्रीय सदस्य गगन थापाले उपसभामुख चयन नहुँदासम्म पार्टी सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा जान नहुने बताएका छन्।

आज बिहान कैलालीमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता थापाले संविधानले व्यवस्था गरेअनुरूप प्रतिनिधिसभामा कांग्रेसले उपसभामुख पाउनुपर्ने बताए। त्यसमा कुनै निर्णय नभएसम्म सभापति देउवाले बैठकमा जानु नहुने उनको भनाइ थियो।

प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले अहिलेको अवस्थामा कांग्रेसले सरकारमा जान लालच राख्न नहुने बताए। अहिले राजतन्त्रको पक्षमा नारा लाग्नुमा पनि दलहरु नै जिम्मेवार रहेको उनको भनाइ थियो।

सरकारले एकाएक संसद् बन्द गरेकाले कांग्रेस सडकमा आउन बाध्य भएको थापाले बताए। उनले भने, ‘शक्तिको चरम दुरुपयोग गरिरहेको अहिलेको सरकार ठेगान नलागेसम्म कांग्रेसले सडक र संसद् दुवैबाट एकसाथ विरोध जारी राख्छ।’

त्यस्तै, कोरोना संक्रमण नियन्त्रणमा पनि सरकार असफल रहेको उनको भनाइ थियो। कोरोना संक्रमितभन्दा पनि कोरोना नभएका बिरामीको उपचारमा सरकारले वेवास्ता गरेको उनको जिकिर थियो। उनले भने, ‘अहिलेको सरकारलाई जनताका सवालको कुनै वास्तै छैन।’

कांग्रेसका आगामि महाधिवेशनबाट गुटउपगुट सकिने उनको भनाइ थियो। महाधिवेशनले नयाँ संरचना निर्माण भएर नेतृत्व चयन हुने उनले बताए।

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्