Kathmandu Press

अमेरिकी राष्ट्रपतिमा बाइडनको जितलाई औपचारिकता

काठमाडौं, मंसिर ३० : अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडनको जितले औपचारिकता पाएको छ । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित...
अमेरिकी राष्ट्रपतिमा बाइडनको जितलाई औपचारिकता

काठमाडौं, मंसिर ३० : अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडनको जितले औपचारिकता पाएको छ । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् ।

यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो । गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए। अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा इलेक्टरलहरूलाई मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन्।

यो प्रक्रिया भए पनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार गर्ने ठानिएको छैन। सामान्यतया इलेक्टरल हरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा राज्यपिच्छेका मतहरू चर्चामा रहे। उनले कतिपय राज्यमा त मुद्दा पनि हाले तर ती सबै अदालतले उनको दाबी अस्वीकार गरे।

मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ ज्यानुअरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ। त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्छ। इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना रहेको उनको सङ्क्रमणकालीन टोलीले घोषणा गरेको छ।

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, मंसिर ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्