विश्वमा कोभिड-१९ : संक्रमित ७ करोड ३१ लाख, १६ लाख २७ हजारको मृत्यु
काठमाडौ, मंसिर ३० : विश्वभरमा कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ५ लाख २७ हजार ६३...
काठमाडौ, मंसिर ३० : विश्वभरमा कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ४९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड १३ लाख १० हजार नाघेको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख २७ हजार नाघेको छ ।
बितेको २४ घण्टामा ८ हजार ४६७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै १६ लाख २७ हजार ३५७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन् ।
तीमध्ये १ लाख ६ हजार ४९५ जना गम्भीर बिरामी छन्। कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड १९ को खोप पनि विकास भइसकेको छ ।












