Kathmandu Press

तराईमा बाक्लो हुस्सु, उपत्यकामा आज यो बर्षकै कम तापक्रम 

काठमाडौ, मंसिर ३० : काठमाडौ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन गरिएको छ ।आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम...
तराईमा बाक्लो हुस्सु, उपत्यकामा आज यो बर्षकै कम तापक्रम 

काठमाडौ, मंसिर ३० : काठमाडौ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन गरिएको छ ।

आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको हो । मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ ।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्