भारतमा कोरोना संक्रमितको संख्या १ करोड नजिक
काठमाडौ, मंसिर ३० : भारतमा कोरोना संक्रमितको संख्या १ करोड नजिक पुगेको छ ।पछिल्लो समय संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा...
काठमाडौ, मंसिर ३० : भारतमा कोरोना संक्रमितको संख्या १ करोड नजिक पुगेको छ ।
पछिल्लो समय संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म ९४ लाख २१ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३५३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ७४६ पुगेको हो ।
प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











