सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ।
काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ।
कांग्रेसले सोमबार सरकारविरुद्ध देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो। सरकारविरुद्धको विरोध प्रदर्शन र आयोजित विरोधसभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सबै केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्लामा खटाइएको थियो।
सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले सोमबार शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको हो। मकवानपुरमा आयोजित कार्यक्रमलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दा काठमाडौंको विरोध सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए। काठमाडौंमा कांग्रेसले ठूलो संख्यामा आफ्ना कार्यकर्तालाई सडकमा उतारेको थियो।
हेरौं काठमाडौंमा आयोजित विरोध प्रदर्शनका केही तस्वीर :















