Kathmandu Press

ओली सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्न थाले : देउवा 

हेटौँडा, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकतर्फी एकलौटी शासन लाद्ने प्रयास भइरहेको आरोप लगाएका छन्।सरकारविरुद्ध कांग्रेसले...
ओली सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्न थाले : देउवा 

हेटौँडा, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकतर्फी एकलौटी शासन लाद्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको विरोधसभालाई मकवानपुरको हेटौँडामा सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न खोजिरहेको आरोप लगाएका हुन्। करिव दुई तिहाइको सरकारले जनताका समस्या बुझ्न नसकेको पनि बताए।

‘मैले भनेको थिए–कम्युनिष्ट सरकार आएपछि बोल्न पनि पाइन्नँ। हाँस्न पनि पाइनँ र रुन पनि पाइँदैन भनेर। आज सडकमा मानिसहरु रुदै हिँड्नु परेको छ। तर, सरकारले त्यो पनि सोध्दैन,’ उनले भने। 

देउवाले ओली नेतृत्वमा सरकार बनेपछि बलात्कार, हत्या र हिंसाका घटना पनि बढेको बताए। सडकमा राजा आऊ देश बचाउका स्वर सुनिनुमा ओलीकै कारण रहेको उनले बताए। 

‘सरकारले जनताको काम गर्न सकेको छैन। सर्वसत्तावाद कसरी लाद्ने, भ्रष्टाचार कसरी गर्ने भन्नेमा मात्रै सरकारको ध्यान छ,’ उनले भने,‘प्रधानमन्त्री ओलीकै कारण राजा आऊ देश बचाउ भन्न थालिएको छ सडकमा।’ 

उनले राजतन्त्र फर्काउने सपना कसैलाई नदेख्न पनि आग्रह गरे। देउवाले कांग्रेस सरकारकै कारण सडकमा उत्रिन बाध्य भएको पनि बताए।

‘सडकमा प्रदर्शन गर्न यो सरकारले बाध्य बनाएको हो। रहरले होइन हामी सडकमा आएको। यो बाध्यात्मक अवस्था हो,’ उनले भने, ‘ढुंगा हान्ने, सडक बन्द गर्ने हाम्रो उद्देश्व होइन। तर आज बाध्य भएर गरिराखेका छौं, यसका लागि माफी चाहन्छौँ।’

प्रकाशित मिति: २१:०१ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्