भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए हुन्छ : गगन थापा
काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले ओली सरकारको पालोमा देशमा भ्रष्टाचार बढेको बताएका छन्। कैलालीमा आज सरकारविरूद्ध कांग्रेसको प्रदर्शनलाई...
काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले ओली सरकारको पालोमा देशमा भ्रष्टाचार बढेको बताएका छन्।
कैलालीमा आज सरकारविरूद्ध कांग्रेसको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद थापाले भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए हुने बताएका हुन्। ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ,’ उनले भने, ‘सिंहदरबार गए पुग्छ।’
उनले कोरोना नियन्त्रण तथा रोकथाममा सरकार असफल भइसकेको दाबी गरेका छन्। साथै उनले प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिँडिराखेको बताएका छन्। थापाले भने, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’
प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल पनि नाङ्गै हिँडिराखेको उनको भनाइ छ।
प्रकाशित मिति: २०:४३ बजे, सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











