चिनी उद्योगीसँग वार्ता गर्दै उद्योग मन्त्रालय
काठमाडौं, मंसिर २९ : सरकारले उखु किसानको भुक्तानी गर्ने सम्बन्धमा छलफल गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी...
काठमाडौं, मंसिर २९ : सरकारले उखु किसानको भुक्तानी गर्ने सम्बन्धमा छलफल गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी र समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई दिउँसो दुई बजे छलफलको लागि बोलाएको हो।
रौतहट र सर्लाहीका उखु किसानले उखुको भुक्तानी पाँऊ भन्दै आइतबारदेखि माइतीघरमा आन्दोलन थालेका छन्। चिनी मिलले किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
छलफलमा उद्योगमन्त्री लेखराज भट्ट, उद्योग र वाणिज्यतर्फका सचिवहरु तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधि उद्योगीहरुकोसहभागिता रहने छ।
मन्त्रालयले आन्दोलनरत किसानलाई समेत वार्तामा बोलाएको थियो। तर उनीहरुले आफूहरुको बक्यौता रकम लिएर माइतीघरमा मन्त्री आउनुपर्ने बताएका छन्।
प्रकाशित मिति: २०:१९ बजे, सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











