Kathmandu Press

नाइजेरियाको एक विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण

लागोस, मंसिर २९ : नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको...
नाइजेरियाको एक विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण

लागोस, मंसिर २९ : नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ। 

नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो। सो राज्यका गभर्नर अमिनु मासारीका अनुसार शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका हुन्।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत छन्। अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएको छ। ती बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन्। नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन्।

नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ। उता गभर्नर मासुरीले राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह गरेका छन्। पछिल्लो समयमा विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने बताए।

नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन्। तर यो पछिल्लो पटक भएको अपहरणको घटनाको बारेमा भने उनीहरुले केही बताएका छैनन्। सरकारले भने सो समूहले ती बालबालिका अपहरण गरेको हुनसक्ने जानकारी गराएको छ। 

प्रकाशित मिति: २०:०२ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्