Kathmandu Press

चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्दा दुई जनाको मृत्यु

काठमाडौं, मंसिर २९ : काठमाडौंको चन्द्रागिरीस्थित मसिने भीरबाट मिनिट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक र तामाङ मरिण कन्ट्रक्सनका...
चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्दा दुई जनाको मृत्यु

काठमाडौं, मंसिर २९ : काठमाडौंको चन्द्रागिरीस्थित मसिने भीरबाट मिनिट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 
मृत्यु हुनेमा ट्रक चालक र तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन रहेका सिन्धुली घर भएका मनिष कार्की रहेका छन्। 

थानकोट प्रहरी वृतका अनुसार चालकको पहिचान हुन सकेको छैन। साथै, ट्रकमा कतिजना सवार रहेका थिए भन्ने पनि एकिन नभएको थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले बताए।

निर्माण सामाग्री बोक्ने गरेको ना २ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको छ।

सडकबाट ट्रक र मृतकहरुको शव देखिएकोले उद्दार कार्य जारी रहेको उनले बताए।

प्रकाशित मिति: १८:५१ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्