सभापतिको उम्मेद्वार कोइराला परिवारबाट एक जना हुन्छौं : शशांक कोइराला
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाट एक जना पार्टी सभापतिको उम्मेद्वार हुने बताएका छन्। देशव्यापी रुपमा आज कांग्रेसले...
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाट एक जना पार्टी सभापतिको उम्मेद्वार हुने बताएका छन्।
देशव्यापी रुपमा आज कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर पुगेका महामन्त्री कोइरालाले भावी कांग्रसको सभापतिका लागि परिवारको सल्लाहमा एक जना उम्मेदबार बन्ने बताएका हुन्।
उनले आफू, डा. शेखर कोइराला र सुजाता कोइरालासँगको सललाहमा एक जना सभापतिको उम्मेदबार बन्ने बताएका हुन्।
साथै उनले देश हिन्दू राष्ट्र हुनुपर्ने र यो अहिलेको जनताको स्पष्ट माग समेत रहेको बताउँदै जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताए।
प्रकाशित मिति: १८:२० बजे, सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











