Kathmandu Press

तीन कपडा गोदाममा आगलागी, एक करोडको क्षति

लहान, मंसिर २९ : सर्लाहीको हरिवन नगरपालिकामा गएराति कपडा गोदाममा आगलागी भएको छ। आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको छ।हरिवन नगरपालिका११ स्थित बजारमा...
तीन कपडा गोदाममा आगलागी, एक करोडको क्षति

लहान, मंसिर २९ : सर्लाहीको हरिवन नगरपालिकामा गएराति कपडा गोदाममा आगलागी भएको छ। आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको छ।

हरिवन नगरपालिका११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेको कपडा पसलमा आगलागी भएको हो। आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

प्रहरीका अनुसार गएराति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो।

घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलगी कसरी भयो भन्ने यकिन हुन सकेको छैन।

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्