Kathmandu Press

माछा मार्ने विषयमा झडप, एकको मृत्यु, चार घाइते

सप्तरी, मंसिर २९ : माछा मार्ने विषयमा विवाद हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।गएराति भएको झडपमा...
माछा मार्ने विषयमा झडप, एकको मृत्यु, चार घाइते

सप्तरी, मंसिर २९ : माछा मार्ने विषयमा विवाद हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

गएराति भएको झडपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहका अनुसार झडपमा चार जना घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको छ।

गाउँकै सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा स्थानीय बासिन्दाबीच आइतबार दिउँसो विवाद भएको थियो। राति विवाद बढ्दै जाँदा झडप भएको प्रहरीले जनाएको छ।

राति १० बजे भएको झडपमा दुवै पक्षबीच बन्चरो र भाटाले हानहान भएको डिएसपी साहले बताए। त्यही क्रममा गंगियादेवी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। घटनामा थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए।

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्