Kathmandu Press

दाङमा गुडिरहेको बसमा आगलागी

तुलसीपुर, मंसिर २९ : दाङमा गुडिरहेको यात्रुबाहक बसमा  आज बिहान आगलागी भएको छ।बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख...
दाङमा गुडिरहेको बसमा आगलागी

तुलसीपुर, मंसिर २९ : दाङमा गुडिरहेको यात्रुबाहक बसमा  आज बिहान आगलागी भएको छ।

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो। मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए।

आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ। गाडीमा १६ जना यात्रु भएको प्रहरीले बताएको छ।

चालकले आगलागी भएको थाहा पाउने वितिक्कै बस रोकेर यात्रुलाई झारेका थिए। जसले गर्दा मानवीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्