Kathmandu Press

फुल्हमले लिभरपुललाई रोक्यो, टोटनह्याम र क्रिष्टल प्यालेसले खेले बराबरी 

काठमाडौं, मंसिर २९ : इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ । गएराति क्रिष्टल प्यालेसको मैदानमा...
फुल्हमले लिभरपुललाई रोक्यो, टोटनह्याम र क्रिष्टल प्यालेसले खेले बराबरी 

काठमाडौं, मंसिर २९ : इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपरलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ । गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरे । ८१ औं मिनेटमा प्यालेसका जेफ्रे स्लपले एक गोल गर्दै खेल बराबरी गरेका हुन् । 

गएराति भएको अर्को खेलमा लिभरपुल पनि बराबरीमा रोकियो । तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुललाई फुल्हमले १–१ गोलको बराबरीमा रोकेको हो । आर्सनललाई बर्नलेले १–० ले हराउँदा लेष्टर सिटीले ब्राइटनमाथि ३–० को जित निकाल्यो ।

यस्तै साउथह्याप्टनले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्‍यो । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलमा १२ खेलबाट २५ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको लिभरपुलको पनि समान २५ अंक छ ।

२४ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा उक्लिँदा २३ अंक जोडेको साउथह्याम्पटन चौथो तथा २२ अंकसहित चेल्सी पाँचौ स्थानमा झरेको छ ।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्