मलेसियामा कोरोना संक्रमित एक नेपालीको मृत्यु
काठमाडौं, मंसिर २९ : कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत नवलपरासीका याम...
काठमाडौं, मंसिर २९ : कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।
मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो ।
दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।
मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन् ।
प्रकाशित मिति: १३:३९ बजे, सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











