Kathmandu Press

ला लिगामा मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी 

काठमाडौं, मंसिर २९ : स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई १-० गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को...
ला लिगामा मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी 

काठमाडौं, मंसिर २९ : स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई १-० गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।

७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो । जितसँगै बार्सिलोनाको ११ खेलमा १७ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ। त्यस्तै लेभान्टेको भने १२ खेलमा ११ अंक रहेको छ।

गएराती नै भएको अर्को खेलमा रियल सोसिडाड र इबरले एकरएक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो । सोसिडाड र एथ्लेटिको मड्रिडको समान २६ अंक छ तर गोल अन्तरका आधारमा सोसिडाड शीर्ष स्थानमा छ । 

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्