Kathmandu Press

प्रतिपक्षी  कांग्रेसले आज सरकारबिरुद्ध देशव्यापी सडक प्रदर्शन गर्ने 

काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारबिरुद्ध देशव्यापी सडक प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार...
प्रतिपक्षी  कांग्रेसले आज सरकारबिरुद्ध देशव्यापी सडक प्रदर्शन गर्ने 

काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारबिरुद्ध देशव्यापी सडक प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुध्द कांग्रेस सडक आन्दोलनमा उत्रिन लागेको हो ।

सडक आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू नै विभिन्‍न जिल्लामा खटिएका छन्। सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई र नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ।

त्यस्तै उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डाक्टर रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने अन्य केन्द्रीय सदस्यहरु सडक आन्दोलनकै क्रममा ७७ जिल्लामा पुगेका छन्।

 यस्तै, महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयबाट सबै स्थानमा भएका कार्यक्रमबारे जानकारी लिने कांग्रेसले जनाएको छ । ओली सरकारविरुध्द पछिल्ला दिनमा आलोचना बढिरहदा कांग्रेसपनि आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो। सरकार भ्रष्टाचारमा डुबेको, सर्वसत्तावादतर्फ अगाडि बढेकाले ठिक ठाउँमा ल्याउन सडक आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले वाइडबडी जहाज खरिद, स्वास्थ्य सामाग्री खरिद, यती समूहलाई नेपाल ट्रष्टको जग्गा दिने र तत्कालिन सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस बार्गेनिङमा ओली सरकार दोषीमाथि कारबाही गर्नुको साटो संरक्षणमा लागेको कांग्रेसले आरोप लगाएको छ । 

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्