Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख ८४ हजार नाघ्यो 

भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख ८४ हजार नाघ्यो 

काठमाडौ, मंसिर २९ : भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३६ जनामा संक्रमण पुष्टि भएको हो । यो वृद्धिसँगै संक्रमितको संख्या ९८ लाख ८४ हजार ७१६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ८७ हजार ६०८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ३९३  पुगेको हो ।

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्