Kathmandu Press

बालुवाटार जग्गा प्रकरण अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
बालुवाटार जग्गा प्रकरण अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं, मंसिर २८ : बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। 

आइतबार विषेश अदालतमा हाजिर भएका बस्न्यातलाई थुनामा पठाउने आदेश भएको हो। 

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ । बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन  समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा तानिएको हुन्। बस्न्यात विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग सहित मुद्दा दायर गरेको थियो ।

अख्तियारले उनी सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । 

प्रकाशित मिति: ०२:०३ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्