Kathmandu Press

बम काण्डका याेजनाकार अफ्तावका भाइ महताव पुर्पक्षको लागि कारागार चलान

बम काण्डका याेजनाकार अफ्तावका भाइ महताव पुर्पक्षको लागि कारागार चलान

काठमाडाैं, मंसिर २८ : रौतहटस्थित राजपुर बम काण्डका मुख्य योजनाकारलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। मंसिर २४ गते पक्राउ परेका माेहम्मद महताब आलमलाई आजपुर्पक्षको लागि कारागार चलान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आलम चर्चित बम काण्डका मुख्य योजनाकार हुन्। आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भएको थियो।

२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन साँझ ६ बजे बम बनाइरहेको क्रममा विस्फोेट भएको थियो। चुनावमा दाजुलाई जिताउन बुथ कब्जा गर्ने योजनासहित बनाइरहेको बम विस्फोटमा परी घाइते भएका पाँच जनालाई उनीहरुले ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएका थिए।

प्रकाशित मिति: २३:४० बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्