कोरोना संक्रमणबाट धनगढीमा थप दुईको मृत्यु
काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणको कारण धनगढीमा थप दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमाउपचाररत दुई महिलाको मृत्यु भएको...
काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणको कारण धनगढीमा थप दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमाउपचाररत दुई महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १ की ५५ वर्षीया महिला रहेकी छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी महिलामा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मधुमेह रोगबाट पीडित उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो।
त्यस्तै, गोदावरीकी ७५ वर्षीया महिलामा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। भेन्टिलेटरमा उपचाररत उनको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
याेसहित कोरोना संक्रमणको कारण सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ।
प्रकाशित मिति: २३:१२ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











