Kathmandu Press

दक्षिण अफ्रिकामा कोरोनाका सात हजार ८८२ नयाँ संक्रमित

जोहानेसबर्ग, मंसिर २८ : दक्षिण अफ्रिकामा विगत २४ घण्टामा नयाँ ७ हजार ८८२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। योसहित दक्षिण...
दक्षिण अफ्रिकामा कोरोनाका सात हजार ८८२ नयाँ संक्रमित

जोहानेसबर्ग, मंसिर २८ : दक्षिण अफ्रिकामा विगत २४ घण्टामा नयाँ ७ हजार ८८२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

योसहित दक्षिण अफ्रिकामा कूल संक्रमितको संख्या ८ लाख ५३ हजार पुगेको छ। कूल संक्रमितमध्ये २३ हजार १०६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। 

दक्षिण अफ्रिकामा हालसम्म ७ लाख ६० हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्री ज्वेली एमखिजेले देशमा दोस्रो चरणको कोरोना संक्रमण जारी रहेको बताए। उनले भने, ‘अहिले देशभर कोरोनाको दोस्रो लहर छ। धेरैवटा राज्यका स्वास्थ्य संस्थाहरुले दबाबको महसुस गरिरहेका छन्।”

प्रकाशित मिति: २३:०२ बजे, आइतबार, मंसिर २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्