विपन्न हुम्लीलाई खाद्यान्न सहयोग
सिमकोट, मंसिर २८ : हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती...सिमकोट, मंसिर २८ : हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गरेका हुन्।
उनीहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ। जिल्लाका ४४ वडाभित्र रहेका दलित परिवारमध्ये छनोट गरी अतिविपन्न, अशक्त, एकल महिला र अपङ्गता भएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको लामाले जानकारी दिए। ५० देखि ६० हजार रुपैयाँसम्मको आर्थिक लगानीमा शनिबार दिउँसो जिल्ला सदरमुकाम सिमकोटबाट वितरण गरिएको हो।
यसैबीच जुम्लामा रहेको प्राविधिक शिक्षालयमा पढ्न हिँडेका खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्काका प्रकाश बुढा बिरामी परेका छन्।
प्रकाशित मिति: २२:३९ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१