Kathmandu Press

थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, १५ सय संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप ८३० जनामा संक्रमण पुष्टि भएको हो। 
थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, १५ सय संक्रमणमुक्त

काठमाडौं, मंसिर २८ : नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप ८३० जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १५ सय कोरोना संक्रमित निको भएका छन्। योसहित हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९४.९ प्रतिशत संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

देशभर हाल १० हजार ९९४ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: २२:१५ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्