विषेश अदालतमा हाजिर भए दीप बस्न्यात
काठमाडौं, मंसिर २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन्। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका आरोपित बस्न्यातको...
काठमाडौं, मंसिर २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन्। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका आरोपित बस्न्यातको हाल बयान लिने कार्य जारी रहेको छ।
उनको आजै थुनछेक बहस हुनसक्ने जनाइएको छ।
सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा बस्न्यातसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ विशेष अदालतमा मुद्दा दर्ता भएका थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध नौं करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: २१:२९ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











