Kathmandu Press

किसान आन्दोलनलाई समर्थन गर्दै पन्जाबका डिआईजीद्वारा राजीनामा

नयाँ दिल्ली, मंसिर २८ : भारतमा चर्किरहेको किसान आन्दोलनलाई समर्थन गर्दै पन्जाबका डिआईजीले राजीनामा दिएका छन्।आइतबार पन्जाबका डिआईजी लखविन्दर सिंह जाखडले किसानलाई आन्दोलनलाई...
किसान आन्दोलनलाई समर्थन गर्दै पन्जाबका डिआईजीद्वारा राजीनामा

नयाँ दिल्ली, मंसिर २८ : भारतमा चर्किरहेको किसान आन्दोलनलाई समर्थन गर्दै पन्जाबका डिआईजीले राजीनामा दिएका छन्।

आइतबार पन्जाबका डिआईजी लखविन्दर सिंह जाखडले किसानलाई आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएका हुन्। उनले प्रदेश प्रमुख सचिवलाई राजीनामा बुझाएको जनाएको छ।

डिआईजी जाखडले राजीनामा पत्रमा लेखेका छन्, 'म तपाईलाई बताउन चाहन्छु कि म कृषि कानुनविरुद्ध शान्तिपूर्ण आन्दोलनरत किसानको साथमा छु। त्यसैले राजीनामा दिइरहेको छु।'

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको दुई वटा कृषि कानुनको व्यापक विरोध भइरहेको छ। विशेष गरेर पन्जाब र हरियाणाका किसान आन्दोलनमा छन्। उनीहरुको आन्दोलनलाई सबैतिरबाट समर्थन मिलिरहेको छ।

यहि वेला डिआईजी जाखडले किसान आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएका छन्। यसले किसान आन्दोलनलाई झन बल पुगेको छ।

उनीहरुको आन्दोलनलाई कलाकार र खेलाडीले पनि समर्थन गर्दै आएका छन्। बलिउड अभिनेता दलजित दोसाझले त आन्दोलनलाई समर्थन गर्दै प्रदर्शनमा समेत सहभागिता जनाएका थिए।

प्रकाशित मिति: २०:१४ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्