Kathmandu Press

जापानमा एकै दिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

टोकियो, मंसिर २८ : जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ। जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ।जापानको...
जापानमा एकै दिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

टोकियो, मंसिर २८ : जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ। जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ।

जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन्।

जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो। सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ।

योसँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ। यहाँ शनिबार टोकियोमा ६२१ जना संक्रमित भेटिएका थिए। पछिल्लो समयमा यहाँ संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ। यहाँको सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ।

प्रकाशित मिति: १९:५४ बजे, आइतबार, मंसिर २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्