Kathmandu Press

नेकपा बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने

काठमाडौं, मंसिर २८ : नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। अर्को बैठक पुस १ गते बस्ने भएको छ।आज मध्याह्न...
नेकपा बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने

काठमाडौं, मंसिर २८ : नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। अर्को बैठक पुस १ गते बस्ने भएको छ।

आज मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शोक प्रस्ताव पेश गरिएको थियो। नेकपा केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरिएसँगै बैठक सकिएको हो।

आजको बैठकमा शोक प्रस्ताव मात्रै पारित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल गर्न अर्को बैठक पुस १ गते बस्ने उनले जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए। यसअघि मंसिर २१ गते बसेको बैठकमा ओली सहभागी भएका थिएनन्।

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्