पेट्रोलियम पदार्थमा मूल्य वृद्धि
काठमाडौं, मंसिर २८ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल तथा मटितेलको मूल्य बढाइएको...
काठमाडौं, मंसिर २८ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल तथा मटितेलको मूल्य बढाइएको निगमले जनाएको छ। पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको हो।
नयाँ मूल्यसुूची अनुसार, पेट्रोलको खुद्रा बिक्री मूल्य प्रति लिटर एक सय आठ रुपैयाँ रहेको छ। यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ९१ रुपैयाँ रहेको निगमले जनाएको छ।
डिसेम्बर १ तारिखमा आईओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको हुँदा स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
प्रकाशित मिति: १९:१५ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











