कोरोना संक्रमणबाट पोखरामा थप दुईको मृत्यु
काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणको कारण पोखरामा थप दुई जनाको मृत्यु भएको छ। मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई...
काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणको कारण पोखरामा थप दुई जनाको मृत्यु भएको छ।
मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा पोखरा महानगरपालिका १७ की ७४ वर्षीया महिला रहेकी छिन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। उनमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, तनहुँको म्याग्दे गाउँपालिका २ का ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ। मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको उनको आएइतबार बिहान मृत्यु भएको हो।
प्रकाशित मिति: १९:१२ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











