Kathmandu Press

बसबाट ओर्लिदा पछाडिको चक्काले किचेर मृत्यु

गोरखा, मंसिर २८ : गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ।गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३...
बसबाट ओर्लिदा पछाडिको चक्काले किचेर मृत्यु

गोरखा, मंसिर २८ : गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ।

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए।

टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैं चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले बताए।

उनको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। (रासस)

प्रकाशित मिति: १६:११ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्