Kathmandu Press

धारिलो हतियार प्रहार गरि कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तु, मंसिर २८ : धारिलो हतियार प्रहार गरि कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या गरिएको छ।गएराति चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै...
धारिलो हतियार प्रहार गरि कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तु, मंसिर २८ : धारिलो हतियार प्रहार गरि कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या गरिएको छ।

गएराति चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङको सतवरियाकी ५१ वर्षीया सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए। (रासस)

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्